रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण
सारांश
- रत्ननगर ।
- रत्ननगर नगरपालिकाका उपमेयर यादब प्रसाद पाठकको सक्रियतामा टिकौली जंगलमा लागेको डढेलो नियन्त्रणमा लिइएको छ ।
- जंगलमा लागेको आगो निभाउन उपमेयर पाठकले नगरप्रहरीको टोली परिचालन गरेका थिए ।
रत्ननगर । रत्ननगर नगरपालिकाका उपमेयर यादब प्रसाद पाठकको सक्रियतामा टिकौली जंगलमा लागेको डढेलो नियन्त्रणमा लिइएको छ ।
जंगलमा लागेको आगो निभाउन उपमेयर पाठकले नगरप्रहरीको टोली परिचालन गरेका थिए ।
आगो दनदनी बलिरहेका बेला नगर प्रहरीसंगै उपमेयरले समेत पानी हालेर आगो निभाएका थिए ।
सोमबार दुई बजे लागेको आगो साँझ सात बने नियन्त्रणमा लिन सफल भयौं उपमेयर पाठकले भने समयमै पुग्न नसकेको भए आगोले जंगल सखाप पार्दो रहेछ ।
आगो निभाउन नगरपालिकाको मिनी दमकल प्रयोग गरिएको थियो ।
सानो जनशक्तिका कारण आगो निभाउन समय लाग्यो उनले भने त्यही पनि फैलिन नदिइ नियन्त्रणमा लिन सक्यौं ।
नगर प्रहरी इन्चार्ज दिउसो २ बजेबाट लागेको आगो नगर प्रहरीको सम्पूर्ण टिम परिचालन गरि राती सात बजे डढेलो नियन्त्रणमा लिइएको बताए ।
स्रोत साधनको अभावका बीच उपमेयर सहित नगरप्रहरीहरुको सक्रियतामा आगो नियन्त्रणमा लिन सफल भएको उनको भनाई ।
जंगलमा लागेको डढेको कारण मंगलबार रत्ननगर र यस आसपासका क्षेत्रमा तुयालो लागेको छ ।
डढेलोले बाहिरी बाताबरण दुषित बनाएको उपमेयर पाठकले बताए ।
जंगलमा डढेलो लाग्दा वन्यजन्तुलाई मात्र असर गर्दैन उनले भने बाताबरण दुषित भएर मानब स्वास्थ्यमा समेत असर गरिरहेको छ ।
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
बारा–४ मा किसानलाई कांग्रेस र रास्वपाको टक्कर
मधेश आन्दोलनका पहिलो शहीदलाई बालेनको माला
सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार
सुशीला बम्जन हत्या प्रकरण : सासू र नन्द पुर्पक्षका लागि थुनामा
बीपी र गिरिजाको जस्तो निष्ठा देखेर बालेनको सिपाही बनेँ’
उत्कर्षमा इरान–अमेरिका तनाव
सरकारको सावधानी र सक्रियताले ठुलाे मानवीय क्षति हुन पाएन : मन्त्री घिसिङ




प्रतिक्रिया