केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
सारांश
- काठमाडौं, चैत २२ ।
- जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
- महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ ।
काठमाडौं, चैत २२ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ ।
आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राती कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
आज सूर्योदय बिहान ५ बजेर ५१ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २३ मिनेटमा हुनेछ ।
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
बारा–४ मा किसानलाई कांग्रेस र रास्वपाको टक्कर
मधेश आन्दोलनका पहिलो शहीदलाई बालेनको माला
सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार
सुशीला बम्जन हत्या प्रकरण : सासू र नन्द पुर्पक्षका लागि थुनामा
बीपी र गिरिजाको जस्तो निष्ठा देखेर बालेनको सिपाही बनेँ’
उत्कर्षमा इरान–अमेरिका तनाव
सरकारको सावधानी र सक्रियताले ठुलाे मानवीय क्षति हुन पाएन : मन्त्री घिसिङ




प्रतिक्रिया